News Portal

  • पूर्वी चितवनमा अज्ञात समूहले काटे ५ सय केराको बोट

    दोलागिरि संवाददाता२०८१ जेठ ३
    २१६ पटक

     

    चितवन । पूर्वी चितवनमा अज्ञात समूहले किसानका करिब ५ सय केराका बोट काटेर नष्ट गरिदिएका छन्। गएराति रत्ननगर १२ का किसान कृष्ण रेग्मीको खैरहनी ३ मा रहेको केरा बगानमा पसेर अज्ञात समूहले केरा नष्ट हो ।

    २ लाख ५० हजार मुल्य बराबरको केरा नष्ट भएको केरा उत्पादक संघ चितवनका महासचिव जनकराज पन्तले जानकारी दिए । ८ बिगाहा क्षेत्रफलमा गरिएको केरा खेती अज्ञात समूहले सुनियोजित ढंगले नष्ट गरेको पन्तले बताए ।

    चितवन केरा उत्पादक संघले विज्ञप्ती जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै घटना प्रति घोर भर्त्सना गरेको छ । संघका अध्यक्ष माधव प्रसाद घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तीमा विगतमा पनि यस्ता घटना घटिरहेको र घटनामा संलग्न व्यक्तीलाई कार्बाही नगर्दा पटक पटक यस्ता घटना घटेको लेखिएको छ । नेपालमै बसि केरा खेतीको माध्यमबाट रोजगारीको सृजना गरी नेपाललाई केरामा आत्मनिर्भर बनाउन लागि परेका कृषकहरुलाई यस्ता व्यक्तिहरुबाट हतोत्साहित गर्ने र किसानलाई कृषि पेशाबाट पलायन गर्ने काम भएको विज्ञप्तामा उल्लेख गरिएको छ ।

    संघले कृषि पेशालाई सम्मानित र सुरक्षित बनाउनका लागि यस्ता घटनामा संलग्न भएका अपराधिहरुको छिटो भन्दा छिटो खोजि गरी कडा भन्दा कडा कार्वाहि गरी पिडित किसानलाई सामाजिक सुरक्षाको अनुभुति गराई आवश्यक क्षतिपूर्तिको लागि माग गरेको छ ।

    प्रतिकृया दिनुहोस्