काठमाडौ :सन्त निरंकारी मण्डल नेपालको आयोजनामा यही चैत्र ३ र ४ गते भक्तपुरको सल्लाघारि स्थित चौरमा आयोजना गरिएको छ ।
सन्त निरंकारी मण्डल नेपालले शुक्रबार गरेको पत्रकार सम्मेलनमा ‘२३ औं सन्त निरंकारी नेपाल समागम ’ दुई दिनसम्म चल्ने र त्यस क्रममा सत्गुरु माता सुदिक्षा जि महाराजको प्रवचन सहित विभिन्न कार्यक्रम रहने जानकारी दिएको छ ।
उक्त कार्यक्रमका लागि १२०० जना स्वयंसेवक खटाइएको आयोजकले जनाएका छन् । सत्संगमा उपस्थित भएका मानिसहरुका लागि निःशूल्क खाने बस्ने व्यवस्था,यातायात,पानी,५०० वटा शौचालय आदिको व्यवस्था गरिएको र अन्य किसिमका खानेकुराका लागि सस्तो मूल्यमा क्यान्टिनसमेत रहने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिए ।
उक्त पत्रकार सम्मेलनमा उपस्थित अतिथि विदेश विभाग प्रमुख तथा सेवा दल मेम्बर इन्चार्ज :विनोद वोरा,कोडिनेटर प्रेस एन्ड पब्लिकेसन्स इन्चार्ज :प्रिमल सिंह ,मिम्बर इन्चार्ज मोहन छाब्रा,उपमुख्य संजाल सेवा दल:जि पि दत्ता, संघीय संसद रन्जु झा पाठक को उपस्थित रहेको रहेको थियो भने कार्यक्रमको अध्यक्षता संत निरंकारि मण्डल नेपालका प्रमुख नर बहादुर रावलले गर्नुभएको थियो ।
सो कार्यक्रमका लागि करिब १० हजार भारतीय र करिब ५ हजार नेपालीको उपस्थिति रहने आयोजकले आकलन गरेको जनाएका छन् ।