भक्तपुर । भक्तपुरमा एसईईका बिद्यार्थीलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्य सहित एक कार्यक्रमको आयोजना गरिएको छ । आयोजित कार्यक्रम सोमबार ऐक्सेस एकेडेमीको आयोजनामा न्यातापोल बैंकेट सुर्यविनायकमा कार्यक्रम सम्पन्न गरिएको हो ।
आउदो वर्षको एसईई परिक्षालाई ध्यानमा राख्दै बिद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक तथा ऐक्सेस एकेडेमीका संचालक निराजन सिलवालले जानकारी दिनु भएको छ । उक्त कार्यक्रममा बोल्दै निराजन सिलवालले स्कुलका बिद्यार्थीहरुलाइ किताबको ज्ञान जती आवश्यक हुन्छ समाजिक र ब्यवहारिक शिक्षा पनि त्यति नै आवश्यक हुने धारणा राखेका थिए । हामी युवा विद्यार्थीहरुको काधमा देश, समाज, विकाश र परिवर्तनका निम्ति ठूलो भुमिका हुने हुन्छ । त्यसैले देश समाज र समुदायकावारेमा पनि विद्यार्थीहरु सचेत हुनु पर्ने भएकाले हामिले समाज विज्ञान बुझ्न बुझाउन पनि यस्ता कार्यक्रमहरु आयोजना गरेको वहाँको धारणा रहेको थियो ।
कार्यक्रममा सामाजिक शिक्षा विज्ञ दुर्गा बहादुर आलेले सामाजिक शिक्षा विषय र गणित विषयमा शिक्षक राम दारेस साहले बिद्यार्थीहरुलाइ थप मार्गनिर्देशन गर्नु भएको थियो । भने कार्यक्रममा तेजस्वी पाठशालाका उप- प्रध्यानाध्यापक दधिकोट इङ्गलिस स्कुल, भक्तपुरका प्राचार्य रमेस मानन्धर लगाएत विभिन्न बिद्यालयका करिब १०० भन्दा बढी बिद्यार्थीको उपस्थिति रहेको थियो।
साथै कार्यक्रमको अन्त्यमा ऐक्सेस एकेडेमीका अध्यक्ष निराजन सिलवालले नजिक्दै गरेको एसईई परिक्षाको अग्रिम शुभकामना सहित क्यारियर परामर्श तथा भक्तपुरमा नै उतकृष्ट +2 अध्यापन गर्न शैक्षिक संस्थाहरु रहेको हुदा अब अध्ययन गर्न विद्यार्थीहरु जिल्ला बाहिर जान नपर्ने कुरा पनि जानकारी गराउनु भयो।
कार्यक्रममा भक्तपुर सल्लाघारीमा अवस्थित अक्सफोर्ड कलेज, CNAS कलेजका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई एसईई परिक्षाको शुभकामना दिनुभएको थियो।