News Portal

  • उपेक्षित विभेदमा परेका युवालाई आत्मदाह होइन विद्रोहको बाटो रोज्न विप्लवको आह्वान

    दोलागिरि संवाददाता२०८३ आषाढ ३०
    ११० पटक

    ३० असार २०८१ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले उपेक्षा, विभेद र उत्पीडनमा परेका युवाहरूलाई आत्मदाहजस्तो निराशाजनक कदम नचाल्न आग्रह गर्दै विद्रोह र परिवर्तनको बाटो रोज्न आह्वान गरेका छन्।
    सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव विप्लवले आत्मदाह कुनै पनि समस्याको समाधान हुन नसक्ने बताएका छन्। उनले सामाजिक, आर्थिक र राजनीतिक उत्पीडनबाट पीडित युवाहरूलाई आत्मविनाशको बाटोभन्दा संगठित संघर्ष र परिवर्तनको आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन्।
    उनले आफ्नो सन्देशमा भनेका छन्, “उपेक्षा, विभेद र उत्पीडनमा परेका युवाहरूले आत्मदाहको बाटो होइन, विद्रोहको बाटो रोजौँ। आत्मदाह समस्याको समाधान होइन। क्रान्तिमार्फत राज्यसत्ताको परिवर्तन नै सबै समस्याको दीर्घकालीन समाधान हो।”
    विप्लवको यस अभिव्यक्तिलाई वर्तमान सामाजिक अवस्था, बेरोजगारी, असमानता र युवाहरूमा बढ्दो निराशाप्रति व्यक्त गरिएको राजनीतिक दृष्टिकोणका रूपमा हेरिएको छ। उनले व्यक्तिगत आत्मबलिदानभन्दा सामूहिक संघर्ष र राजनीतिक परिवर्तनमार्फत न्यायपूर्ण समाज निर्माण गर्नुपर्ने धारणा अघि सारेका छन्।

    प्रतिकृया दिनुहोस्