
काठमाडौं, असार २७ । ठमेल पर्यटन विकास परिषद् (Thamel Tourism Development Council) को शनिबार सम्पन्न निर्वाचनबाट राजुमान डंगोल अध्यक्षमा निर्वाचित हुनुभएको छ।
निर्वाचनबाट प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्वितीय उपाध्यक्षमा दावाङ तामाङ, तृतीय उपाध्यक्षमा रमेश थापा, महासचिवमा पशुपति कँडेल, सचिवमा दिलिप कँडेल तथा कोषाध्यक्षमा किन्चु एल. भुटिया श्रेष्ठ निर्वाचित हुनुभएको छ। साथै परिषद्को नयाँ कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरू समेत चयन भएका छन्।
नवनिर्वाचित अध्यक्षसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई पर्यटन व्यवसायी, सामाजिक व्यक्तित्व तथा विभिन्न संघ–संस्थाले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
Paradise Bagamati तथा Tourism Mini Library Thamel ले जारी गरेको शुभकामना सन्देशमा नवनिर्वाचित कार्यसमितिले ठमेलको पर्यटन प्रवर्द्धन, संस्थागत विकास, पर्यटन व्यवसायीहरूको हित संरक्षण तथा समग्र ठमेल क्षेत्रको आर्थिक, सांस्कृतिक र पर्यटन समृद्धिका लागि प्रभावकारी र मार्गदर्शक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
परिषद्को नयाँ नेतृत्वले ठमेललाई सुरक्षित, व्यवस्थित, स्वच्छ र विश्वस्तरीय पर्यटन गन्तव्यका रूपमा थप विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।















