News Portal

  • मध्यपुर थिमि नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थी तथा शिक्षक सम्मान

    दोलागिरि संवाददाता२०८३ आषाढ १९
    ११६ पटक

    भक्तपुर, असार १९। शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका विद्यार्थी तथा शिक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यले मध्यपुर थिमि नगरपालिकाले उत्कृष्ट विद्यार्थी तथा शिक्षक सम्मान कार्यक्रम आयोजना गरेको छ।
    कार्यक्रममा नगरभित्रका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी तथा शिक्षण पेसामा उल्लेखनीय योगदान पुर्‍याएका शिक्षकहरूलाई सम्मान गरिएको थियो। नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, प्रतिस्पर्धी शैक्षिक वातावरण निर्माण तथा विद्यार्थी र शिक्षकलाई थप जिम्मेवार र उत्प्रेरित बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।
    कार्यक्रमका वक्ताहरूले शिक्षाको गुणस्तर सुधारमा शिक्षक, अभिभावक, विद्यालय र स्थानीय सरकारबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उत्कृष्ट कार्य गर्ने विद्यार्थी र शिक्षकको सम्मानले सकारात्मक प्रतिस्पर्धा सिर्जना गर्ने धारणा राखेका थिए।
    मध्यपुर थिमि नगरपालिका विगतदेखि नै शिक्षा, संस्कृति तथा मानव विकाससँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। नगरपालिकाले विद्यालय शिक्षा सुधार, शैक्षिक प्रदर्शनी, क्षमता विकास तथा विद्यार्थीमैत्री कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।
    कार्यक्रममा नगरका जनप्रतिनिधि, शिक्षा शाखाका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

    प्रतिकृया दिनुहोस्