News Portal

  • सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विप्लवको आपत्ति, देशव्यापी प्रतिवादको आह्वान

    दोलागिरि संवाददाता२०८३ जेठ १७
    ८९ पटक

    १७ जेठ २०८३ ,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले संसदमा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।
    विप्लवले एक धारणा सार्वजनिक गर्दै देशको सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति गैरजिम्मेवार र राष्ट्रहितविपरीत रहेको बताएका छन्। उनले राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतासँग जोडिएको विषयमा सरकार गम्भीर हुनुपर्ने उल्लेख गरेका छन्।
    उनले आफ्नो धारणामा भनेका छन्, “देशको सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको यति गैरजिम्मेवार एवं मूर्खतापूर्ण जवाफ असहनीय छ। नागरिकहरूले यसको घोर भर्त्सना र विरोध गर्नु पर्दछ। सिङ्गै देश प्रतिवादमा उत्रिनु पर्छ।”
    विप्लवले सीमा र राष्ट्रियताको प्रश्न कुनै दल वा व्यक्तिको मात्र नभई समग्र राष्ट्रको साझा सरोकार भएको बताउँदै प्रधानमन्त्रीको अभिव्यक्तिबारे सरकार स्पष्ट हुनुपर्ने माग गरेका छन्। साथै उनले राष्ट्रिय हित र स्वाभिमानसँग जोडिएका विषयमा सम्पूर्ण देशभक्त नागरिक एकजुट हुनुपर्ने धारणा राखेका छन्।
    प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा बहस सुरु भएको छ भने विभिन्न पक्षबाट पनि प्रतिक्रिया आउने क्रम जारी रहेको छ।

    प्रतिकृया दिनुहोस्