News Portal

  • भक्तपुर आदर्श चोक स्थित औषधी पसलमा आगलागी

    दोलागिरि संवाददाता२०८० फाल्गुण २२
    ११७ पटक

    भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडाँ नम्बर ८ आदर्श चोक स्थित औषधी पसलमा आगलागी भएको छ । इन्द्र प्रसाद लिबिको घरमा भाडा लिई प्रदिप थापाले संचालन गरेको पुष्पराम बाराही मेडिकलमा आगलागी भएको हो ।

    आज बिहान करिब साढे ५ बजे करेन्ट शर्ट भइ आगलागी भएको बताइएको खबर प्रप्तभएको छ । आगलागी बाट  मेडिकलमा रहेका औषधिजन्य सामान, र्‍याक, दराज, ग २० प ६२३१ नम्बरको बाईक, ग २२ प ७८४ नम्बरको स्कुटर जलि नष्ट भएको देखिएको छ । लाखौंको समान नस्ट भएको तर कुनै मानवीय क्षती नभएको जानकारी  छ । यकीन मूल्यांकन भने भैरहेको छ ।

    जुद्ध बारुण यन्त्रको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएका छन् । करिब पौने घण्टामा आगो पूर्ण नियन्त्रणमा आएको जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरले जनाएको

    प्रतिकृया दिनुहोस्