News Portal

  • ललितपुरमा १९औँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप तथा चौथो सेमिनार सुरु

    दोलागिरि संवाददाता२०८३ जेठ १५
    ५२ पटक

    ललितपुर, १४ जेठ । ललितपुरको महालक्ष्मी नगरपालिका, लामाटारमा १९औँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप तथा चौथो हाप्किडो सेमिनार २०८३ सुरु भएको छ। नेपाल हाप्किडो एसोसिएसनको आयोजनामा सुरु भएको उक्त कार्यक्रमको उद्घाटन विशेष समारोहका बीच सम्पन्न भएको हो।


    चार दिनसम्म सञ्चालन हुने प्रतियोगिता तथा सेमिनारमा देशभरका खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न उमेर समूहका खेलाडीहरूले हाप्किडो प्रतिस्पर्धामा आफ्नो कला प्रदर्शन गर्नेछन्।
    सेमिनारमा विश्व हाप्किडो एसोसिएसन (WHA) का अध्यक्ष ग्रान्ड मास्टर टे जुन ग्याग (९औँ डान) ले प्रशिक्षण दिने कार्यक्रम रहेको छ। आयोजकका अनुसार सेमिनारले नेपाली खेलाडी तथा प्रशिक्षकहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव र प्रशिक्षण प्रदान गर्ने विश्वास लिइएको छ।
    कार्यक्रमलाई महालक्ष्मी नगरपालिका, ललितपुरले सहयोग गरेको छ। उद्घाटन समारोहमा विभिन्न खेलकुद व्यक्तित्व, स्थानीय जनप्रतिनिधि तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।
    प्रतियोगिता यही जेठ १७ गतेसम्म सञ्चालन हुनेछ।

    प्रतिकृया दिनुहोस्