
भक्तपुर । विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मा विद्यार्थीहरूलाई व्यावहारिक तथा प्रयोगात्मक माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित चुनावी प्रक्रियाद्वारा विद्यार्थी प्रतिनिधि छनोट गरिएको छ। विद्यालयमा यही २०८३ जेठ १२ गते सम्पन्न चुनावी कार्यक्रममार्फत स्कुल क्याप्टेन तथा हाउस क्याप्टेनहरू चयन गरिएको हो।
विद्यालयले विद्यार्थीहरूलाई नेपालको निर्वाचन प्रणालीबारे व्यवहारिक ज्ञान दिने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रम जेठ ५ गतेदेखि सुरु भई जेठ १२ गते सम्पन्न भएको थियो। कार्यक्रममा कक्षा ४ देखि १० सम्मका करिब ४०० विद्यार्थीहरूको सहभागिता रहेको विद्यालयले जनाएको छ।
चुनावी प्रक्रियाअन्तर्गत उम्मेदवार मनोनयन, दाबी–विरोध, अन्तिम नामावली प्रकाशन, मतदान तथा मतगणनालगायत सम्पूर्ण प्रक्रिया प्रयोगात्मक रूपमा सञ्चालन गरिएको थियो।
आज सम्पन्न मतगणनाअनुसार कक्षा १० का छात्र आरुष श्रेष्ठ २८४ मत प्राप्त गर्दै स्कुल क्याप्टेनमा निर्वाचित भएका छन् भने एन्जिला श्रेष्ठ सहायक स्कुल क्याप्टेन बन्न सफल भएकी छन्। साथै विद्यालयका चारवटा सदनमा हाउस क्याप्टेन तथा भाइस क्याप्टेन चयनका लागि समेत प्रतिस्पर्धात्मक निर्वाचन सम्पन्न गरिएको थियो।
विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौला ले विद्यार्थीहरूलाई लोकतान्त्रिक अभ्यास र नेतृत्व विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
मतगणना सम्पन्न भएपछि विजयी विद्यार्थीहरूलाई खादा ओढाई बधाई तथा शुभकामना प्रदान गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापति ले व्यवहारिक ज्ञान र प्रयोगात्मक शिक्षा नै विनायकको विशेषता भएको बताउनुभयो। उहाँले निर्वाचित सम्पूर्ण विद्यार्थी प्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त















