News Portal

  • नयाँ खबर पत्रिका बिमोचित

    दोलागिरि संवाददाता२०८० फाल्गुण १९
    १३३ पटक

    भीम भारती – सल्यानमा एक कार्यक्रम गरि एउटा विचार र अन्तरक्रियामुखी त्रैमासिक पत्रिका ‘नयाँ खबर’ बिमोचन गरिएको छ। सल्यान जिल्लाबाट पहिलोपटक प्रकाशित सो वैचारिक पत्रिका जिल्लाको दार्मा गाउँपालिकाको केन्द्र फारुला बजारमा बिमोचन गरिएको हो। पत्रिकालाई नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य आधार सीले बिमोचन गरेका हुन् ।

    कार्यक्रमका प्रमुख अतिथि रहेको आधार सीले पत्रिका बिमोचन गर्दै, जिल्लामा खाँचो परेको बौद्विक कार्य वैचारिक पत्रिका प्रकाशन हुनु खुसीको विषय भएको बताए । सामान्य क्षमताले वैचारिक पत्रिका संचालन हुन गार्हो हुने भन्दै उनले भने, ‘यस पत्रिकामा पत्रिकाका सम्पादक, प्रकाशक र पत्रिकामा जोडिएको टिमले आफ्नो कार्य क्षमता तथा बौद्विक क्षमता देखाएको छ।’

    पत्रिका बिमोचन कार्यक्रमका अतिथि रहेका जिल्ला समन्वय समिति सल्यानका उप–प्रमुख असविर बुढाथोकी ‘रैति’ले जिल्लाबाट यस्तो पत्रिका प्रकाशन भएकोमा आफूलाई खुसी लागेको बताए । कार्यक्रममा सल्यानका चर्चित पत्रकार रेडियो तहल्काका स्टेसन म्यानेजर, समाजसेवी डिल्ली राज रावतले जिल्लामा अरु मिडियाहरु भएको भए पनि यस्तो पत्रिकाको अभाव रहेकोमा नयाँ खबरले सो अभाव पूरा गरेको बताए ।

    पत्रिका बिमोचन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का कर्णाली प्रदेश सदस्य अनन्त प्रसाद शर्मा ‘बिन्दु गौतम’, नेपाली काँग्रेस सल्यान जिल्ला कार्य समितिका पूर्वसचिव रामचन्द्र केसी, नेकपा (एकीकृत समाजवादी) का कर्णाली प्रदेश समिति सदस्य दल बहादुर दाहाल, फारुला बहुमुखी क्याम्पसमा प्रमुख दीपक शर्मा, जनज्योति माध्यमिक विद्यालय फारुलाका प्रधान अध्यापक मीन राज वली, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ढाकाडामकोटका प्रधान अध्यापक प्रताप चन्द लगायतका अतिथिहरुले जिल्लामा यस्तो पत्रिका प्रकाशन भएकोमा खुसी व्यक्त गर्दै पत्रिका सफलताको शुभकामना दिएका थिए ।

    पत्रिका बिमोचन कार्यक्रम पत्रिकाका सम्पादक तथा प्रकाशक भीम भारतीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन पत्रिकाका प्रबन्धक निर्देशक मदन चन्दले गरेका थिए । सो पत्रिकाका संरक्षकहरु, आधार सी, असल सी, बन्धु सी र वरिष्ठ अधिवक्ता एकराज भण्डारी ररहेका छन् । त्यस्तै पत्रिकाको सल्लाहकारहरु लोकबार्ताविद वामपन्थी बुद्धिजीवी मनोहरु लामिछाने, नेकपाका केन्द्रीय सदस्य तथा राप्तव्युरो इन्चार्ज सविन सी, सो पार्टीका केन्द्रीय सदस्य तथा दक्षिण सल्यान जिल्ला इन्चार्ज अनिल सी र राजनीतिकर्मि तथा समाजसेवी ओपेन्द्रनाथ योगी रहेका छन् । त्यस्तै पत्रिकाको कानुनी सल्लाहकार अधिवक्ता विपना योगी रहेका छन् ।

    प्रतिकृया दिनुहोस्