News Portal

  • नविन इङ्ग्लिश स्कुल को SEE २०८२ मा शानदार सफलता : फेरि शतप्रतिशत नतिजा

    दोलागिरि संवाददाता२०८३ बैशाख २९
    ६७ पटक

    भक्तपुर । चाँगुनारायण नगरपालिका–१, न्यौपानेगाउँस्थित नविन इङ्ग्लिश स्कुल ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा पनि उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो शैक्षिक गौरवलाई निरन्तरता दिएको छ। विद्यालयले लगातार शतप्रतिशत नतिजा कायम राख्न सफल भएको जनाएको छ।
    विद्यालयका अनुसार यस वर्ष SEE परीक्षामा सहभागी भएका २३ जना विद्यार्थीमध्ये सबै विद्यार्थी उत्तीर्ण भएका छन्। नतिजा विवरणअनुसार ३.६१ देखि ४.०० GPA समूहमा ६ जना विद्यार्थी रहेका छन् भने ३.२१ देखि ३.६० GPA समूहमा १४ जना विद्यार्थीले सफलता हासिल गरेका छन्। त्यसैगरी ३.०१ देखि ३.२० GPA समूहमा ३ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
    विद्यालयका प्रधानाध्यापक राम प्रसाद निरौला ले विद्यालयले SEE परीक्षामा सहभागी हुन थालेदेखि अहिलेसम्म कुनै पनि वर्ष विद्यार्थी अनुत्तीर्ण नभएको बताउँदै निरन्तर शतप्रतिशत नतिजा कायम राख्नु विद्यालयका लागि गौरवको विषय भएको उल्लेख गरे।
    उनले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पित शिक्षण पद्धति तथा अभिभावकहरूको निरन्तर साथ र विश्वासकै कारण विद्यालयले उत्कृष्ट उपलब्धि हासिल गर्न सफल भएको बताए। विद्यालय परिवारले यस सफलताले आगामी दिनमा अझ जिम्मेवार र गुणस्तरीय शिक्षा प्रदान गर्न प्रेरणा मिलेको जनाएको छ।
    स्थानीय स्तरमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको नविन इङ्ग्लिश स्कुल को यो सफलताले विद्यार्थी, अभिभावक तथा समग्र समुदायमा उत्साह थपिएको छ।

    प्रतिकृया दिनुहोस्