News Portal

  • लगातार उत्कृष्टता कायम गर्दै मदरल्याण्ड स्कुलको शानदार SEE नतिजा

    दोलागिरि संवाददाता२०८३ बैशाख २९
    ३५ पटक

    भक्तपुर । मदरल्याण्ड स्कुल ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो शैक्षिक सफलताको निरन्तरता कायम राखेको छ।
    सूर्यविनायक नगरपालिका वडा नं. ९ बाचामारी (भातेढिकुर), अरनिको हाइवे सँगै अवस्थित विद्यालयले यस वर्ष पनि उल्लेखनीय नतिजा ल्याउन सफल भएको हो। विद्यालयका प्रिन्सिपल संजय खड्का ले लगातार उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै विद्यार्थी, शिक्षक, अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारलाई बधाई दिएका छन्।
    विद्यालयका अनुसार SEE–२०८२ को नतिजामा:
    GPA 4.0 ल्याउने विद्यार्थी संख्या — १ जना
    GPA 3.61 देखि 3.99 सम्म — ५ जना
    GPA 3.21 देखि 3.60 सम्म — २२ जना
    GPA 2.91 देखि 3.20 सम्म — १२ जना

    यस वर्ष कुल ४१ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। विद्यालयले अनुशासित शिक्षण पद्धति, गुणस्तरीय शैक्षिक वातावरण र विद्यार्थीमैत्री अभ्यासकै कारण निरन्तर सफलता प्राप्त भइरहेको जनाएको छ।
    विद्यालय व्यवस्थापनले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

    प्रतिकृया दिनुहोस्