News Portal

  • नगरकोटमा महिला लुटपाट तथा हत्या प्रयास, एक पक्राउ

    दोलागिरि संवाददाता२०८३ बैशाख २७
    १३ पटक

    २६वैशाख २०८३ भक्तपुर । नगरकोट । पर्यटकीय क्षेत्र नगरकोटमा एक महिलामाथि लुटपाटसहित हत्या प्रयास भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
    जिल्ला काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–२ स्थित नगरकोट क्षेत्रमा २०८३ वैशाख २६ गते बिहान करिब ९ बजे मल्ल रिसोर्टमा काम गर्न जाँदै गरेकी स्थानीय वर्ष ६२ की विमला गुरुङमाथि लुटपाट गर्दै हत्या प्रयास भएको बताइएको छ।
    घटनाबारे जानकारी प्राप्त भएपछि अट्टे डाँडा अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी हवल्दार लक्ष्मण यादव र प्रहरी सहायक हवल्दार सुरेन्द्र कुमालको टोलीले पीडितले दिएको विवरणका आधारमा खोजी अभियान चलाएको थियो।
    सो क्रममा ओखलढुंगा जिल्ला गाम्नाटार नगरपालिका–८ स्थायी घर भई हाल मण्डनदेउपुर नगरपालिका–२ मा बसोबास गर्दै आएका वर्ष ४० का हरिबहादुर खत्री ‘जीवन’लाई शंकास्पद अभियुक्तका रूपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
    प्रहरीले पक्राउ परेका खत्रीको साथबाट १ तोला ४ आनाको बेरुवा रिङ पनि बरामद गरेको जनाएको छ। थप अनुसन्धानका लागि उनलाई पनौतीस्थित नेपाल प्रहरी अन्तर्गत पाँचखाल प्रहरी चौकीका इन्स्पेक्टर प्रशान्त तामाङको जिम्मा लगाइएको जानकारी प्राप्त भएको छ।

    प्रतिकृया दिनुहोस्