News Portal

  • भक्तपुर महोत्सव सम्पन्न, १ लाखभन्दा बढीको सहभागिता

    दोलागिरि संवाददाता२०८३ बैशाख ८
    ३९ पटक

    भक्तपुर, बैशाख ८ — भक्तपुर महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ। चैत २६ गतेदेखि सुरु भएको महोत्सव १२ दिनसम्म सञ्चालन भई करिब १ लाख दर्शकले अवलोकन गरेका आयोजकले जानकारी दिएका छन्।

    महोत्सवको मुख्य उद्देश्य उपभोक्तालाई दैनिक उपभोग्य सामग्रीदेखि आवश्यक वस्तुहरू एकै स्थानमा सहज रूपमा उपलब्ध गराउनु रहेको थियो। महोत्सवमा स्थानीय उत्पादन, हस्तकला सामग्री तथा कृषि उपजलाई विशेष प्राथमिकता दिइएको थियो।
    आयोजकका अनुसार महोत्सवमा १५० भन्दा बढी स्टलहरू सहभागी भएका थिए। ती स्टलमार्फत करिब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको बताइएको छ। यसले स्थानीय व्यापार प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको दाबी छ।
    महोत्सव अवधिभर चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति, बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायत मनोरञ्जनात्मक गतिविधिहरूले दर्शकलाई आकर्षित गरेका थिए।
    समापन समारोहलाई सम्बोधन गर्दै बासुदेव थापा ले यस्ता कार्यक्रमहरूले स्थानीय बजार चलायमान बनाउन, रोजगारी सिर्जना गर्न र उत्पादनको बजारीकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। साथै, आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
    नृत्य प्रतियोगितामा पुरस्कार वितरण
    महोत्सवअन्तर्गत आयोजित नृत्य प्रतियोगितामा:
    रतिश गिरी प्रथम हुँदै रु. २० हजार पुरस्कार प्राप्त
    अन्नी तामाङ द्वितीय (रु. १० हजार)
    स्प्रीका शाही तृतीय (रु. ५ हजार)
    साथै, रेम्बो तामाङ र रेविका लामालाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा पत्रकार सिर्जना खतिवडा लाई पनि नगद रु. ५ हजारसहित सम्मान गरिएको आयोजकले जनाएको छ।
    समग्रमा, महोत्सवले सांस्कृतिक संरक्षण, आर्थिक गतिविधि र पर्यटन प्रवर्द्धन तीनै क्षेत्रमा सकारात्मक प्रभाव पारेको निष्कर्ष निकालिएको छ।

    प्रतिकृया दिनुहोस्