News Portal

  • भक्तपुर अस्पताल निरीक्षणमा मुख्यमन्त्री बानियाँ, ६२ करोडको भवन निर्माण प्रक्रिया छिट्टै टुंग्याउने प्रतिबद्धता

    दोलागिरि संवाददाता२०८३ बैशाख ४
    १९ पटक

    भक्तपुर — बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले आज भक्तपुर अस्पताल को स्थलगत निरीक्षण गर्दै अस्पतालको सेवा, पूर्वाधार र व्यवस्थापन अवस्थाबारे जानकारी लिनुभएको छ।


    निरीक्षणका क्रममा मुख्यमन्त्री बानियाँले अस्पतालको पुरानो भवन पुनर्निर्माणका लागि मन्त्रिपरिषद्ले सुनिश्चित गरेको ६२ करोड रुपैयाँको प्रक्रिया तुरुन्त अन्तिम चरणमा पुर्‍याइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिने समेत बताउनुभयो।
    उक्त निरीक्षण टोलीमा संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ को समेत सहभागिता रहेको थियो। टोलीलाई अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठ तथा निर्देशक डा. सुरेन्द्र भट्ट लगायतले स्वागत गर्नुभएको थियो।


    अस्पताल प्रशासनले हालको सेवा प्रवाह, भौतिक संरचनाको अवस्था, जनशक्ति अभाव तथा आवश्यक सुधारका विषयमा विस्तृत जानकारी गराएको थियो। निरीक्षणका क्रममा मुख्यमन्त्री बानियाँले सेवा विस्तार, उपकरण व्यवस्थापन र बिरामीमैत्री वातावरण निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।


    प्रदेश सरकारको यस पहलले भक्तपुर अस्पतालको स्तरोन्नति तथा सर्वसाधारण नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

    प्रतिकृया दिनुहोस्