कालिकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका कोटवाडास्थित सुनथराली विमानस्थल सोमबार उद्घाटन हुने भएको छ। उक्त विमानस्थल उद्घाटनको लागि काठमाडौँबाट सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नागरिक उड्डयनमन्त्री सुदन किराँती, अखिल समाजवादीका केन्द्रीय अध्यक्ष नरेन्द्र सी लगायतको टोली काठमाडौँबाट कालिकोट विमान अवतरण गर्नेछन ।
उक्त विमानस्थल उद्घाटनको लागि नेपाल कम्युनिस्ट पार्टीको प्रवक्ता प्रकाण्ड सी पनि जाने तय भएको थियो तर प्रवक्ता प्रकाण्ड को अन्य कार्यक्रम तय भएको कारण नेकपाका विद्यार्थी नेता अखिल (समाजवादी)का नवनियुक्त केन्द्रीय अध्यक्ष नरेन्द्र सी लाई पठाएको प्रवक्ता प्रकाण्डको सचिवालयले बताएको छ।
विमानस्थल परीक्षणको लागि प्राविधिक टोलीसहित आज उद्घघाटन पूर्व आइतबार बिहान तारा एयरको ट्विनअटर विमान नेपालगञ्जबाट गएर प्रोभिन फ्लाइट गरेर फर्किसकेको छ । स्थानीय नेकपा कालिकोटले जानकारी दिएको छ ।
२०७९ माघ ११ गते कालोपत्रे सकिए पनि जहाज गएको थिएन । ३८ वर्ष पहिले देखि निर्माण मा रहेको विमानस्थलमा स्थानीय कालिकोट को जनताहरूले प्लेन आउने आस मारिसकेको र आज बिहान तारा एयरलाइन्सको जहाज अवतरण हुँदा त्यहाका जनताको मुहारमा खुशी र हर्ष छाएको नेकपा कालिकोट लेजानकारी दिएको छ।
कालीकोटमा सुनथराली विमानस्थल उद्घाटन हुँदै
दोलागिरि संवाददाता२०८० फाल्गुण १३
- सूर्यविनायक नगर प्याब्सनको तेस्रो नगर अधिवेशन भब्यरुपमा सम्मपन्न अध्यक्ष विनोद काफ्ले निर्वाचित
- पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टरसहित ६ संगठनको समर्थन रमेश विष्टलाई
- व्यापक बिरोध पछि दक्षिण कोरियामा ६ घण्टा पनि टिकेन सैनिक शासन
- युवा जनशक्तिको विदेश पलायनलाई रोक्न कृषि क्षेत्र उत्तम विकल्प : मन्त्री महर्जन
- नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार देवका लामिछाने शोभा विजयी
- पोखरालाई ५ रनले पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा
- पर्सा जिल्लाबाट रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पूर्जी जारी
- भक्तपुर ट्रक व्यवसायी संघले भब्य रुपमा मनायो रजत जयन्ती
- कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेस कृष्णमान डंगोल विजयी
- जानकी मन्दिरमा राम–सीताको विवाह गरेर आज विवाह पञ्चमी मनाउदैं