News Portal

  • ग्लीटर फ्युचर स्कुलमा अन्तर–विद्यालय वादविवाद प्रतियोगिता सम्पन्न

    दोलागिरि संवाददाता२०८२ फाल्गुण ३०
    ६१ पटक

    भक्तपुर, फागुन २९ – नेसनल प्याव्सन भक्तपुरको कार्यक्रमअन्तर्गत ग्लीटर फ्युचर स्कुलको आयोजनामा अन्तर–विद्यालय वादविवाद प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न भएको छ। शुक्रबार आयोजित प्रतियोगिता कक्षा ६ र ७ गरी दुई श्रेणीमा सञ्चालन गरिएको थियो।

    प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्नो प्रतिभा, आत्मविश्वास, ज्ञान र क्षमतालाई वाककलामार्फत प्रस्तुत गरेका थिए। कक्षा ७ तर्फ मदरल्याण्ड स्कुलकी समृद्धि कपाली विजेता बन्न सफल भइन्। त्यसैगरी पहिलो उपविजेता बिमल मेमोरियल स्कूलकी प्रविधी खड्का, दोस्रो उपविजेता आरक्षण नेसनल स्कुलकी इशानी पुरी र तेस्रो उपविजेता संस्कार गुरुकुल स्कूलकी आयुषा पराजुली बन्न सफल भएका थिए।


    यस्तै कक्षा ६ तर्फ पाथिभरा स्कूलकी प्रत्युषा श्रेष्ठ विजेता घोषित भइन्। पहिलो उपविजेता बिमल मेमोरियल स्कूलकी प्रिन्शा देउजा, दोस्रो उपविजेता आरक्षण नेसनल स्कुलकी युनिषा खत्री र तेस्रो उपविजेता संस्कार गुरुकुल स्कुलका ऋषभ अधिकारीले उपाधि जित्न सफल भएका थिए।

    ग्लीटर फ्युचर स्कुलका प्रिन्सिपल तथा नेसनल प्याव्सन भक्तपुरका उपाध्यक्ष रामप्रसाद खाताखोको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्का प्रमुख अतिथि रहेका थिए। प्रमुख अतिथि खड्काले आयोजक विद्यालयलाई धन्यवाद व्यक्त गर्दै विजेता विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरेका थिए।

    कार्यक्रमको जानकारी आयोजक विद्यालयका सह–प्रिन्सिपल जिवेश सिटिखुले दिएका थिए। प्रतियोगिताले विद्यार्थीहरूमा तर्क क्षमता, अभिव्यक्ति कला र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

    प्रतिकृया दिनुहोस्