News Portal

  • नेकपा (माओवादी)को चुनावी प्रतिबद्धता सार्वजनिक : ‘एकीकृत आर्थिक नीति’ मार्फत आत्मनिर्भर अर्थतन्त्रको लक्ष्य

    दोलागिरि संवाददाता२०८२ माघ १२
    ५१२ पटक

    काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। पहिलो पटक संघीय संसद् चुनावमा सहभागी हुन लागेको पार्टीले ‘एकीकृत आर्थिक नीति’लाई आफ्नो मुख्य आर्थिक दिशा बनाएको छ।

    घोषणा पत्रमा एकीकृत स्वामित्व प्रणालीमा आधारित समाजवादी र प्रतिस्पर्धात्मक अर्थनीति अवलम्बन गर्ने उल्लेख छ। राज्य र निजी क्षेत्रको साझेदारीमा आत्मनिर्भर तथा निर्यातमुखी अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिइएको छ।

    पार्टीले कृषिलाई मुलुकको अर्थतन्त्रको आधार मानेर आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणमा जोड दिएको छ। साथै जलविद्युत्, उद्योग, पर्यटन, खानीलगायत क्षेत्रलाई स्वदेशी लगानी, साधन र स्रोतमा आधारित भएर विकास गर्ने प्रतिबद्धता जनाएको छ।

    प्रतिकृया दिनुहोस्