News Portal

  • संयुक्त Gen Z आन्दोलन र नेकपा (माओवादी) बीच सहमति

    दोलागिरि संवाददाता२०८२ माघ २
    ३९७ पटक

    काठमाडौँ । देशको वर्तमान जटिल राजनीतिक अवस्थालाई ध्यानमा राख्दै संयुक्त Gen Z आन्दोलन र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बीच महत्वपूर्ण सहमति भएको छ। Gen Z विद्रोह तथा त्यसपछिको विकसित परिस्थितिमा दुवै पक्षबीच साझा एजेन्डामा सहकार्य गर्ने समझदारी बनेको हो।

    सहमति अनुसार दुवै पक्षले सर्वपक्षीय सहमति कायम गर्दै अन्तरिम सरकार गठनका लागि संयुक्त रूपमा संघर्ष गर्ने निर्णय गरेका छन्। साथै, Gen Z आन्दोलनले अघि सारेका मागहरू पूरा गराउन निरन्तर दबाबमूलक आन्दोलन अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

    सहमतिको अर्को महत्वपूर्ण बुँदामा आन्दोलन र जनताको चाहनाअनुसार संविधान संशोधन, स्थिर सरकारको सुनिश्चितता, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन तथा राज्यको अग्रगामी पुनर्संरचनाका लागि संयुक्त संघर्ष गर्ने उल्लेख गरिएको छ।

    यसैगरी, यी सम्पूर्ण मागहरू कार्यान्वयन गराउन दुवै पक्षले एकीकृत रूपमा आन्दोलन अघि बढाउने सहमति भएको छ।
    सहमति पत्रमा संयुक्त Gen Z आन्दोलनका संयोजक मिराज ढुंगाना र नेकपा (माओवादी) का महासचिव विप्लव सीले हस्ताक्षर गरेका छन्। दुवै नेताले यो सहमतिले जनआन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने र देशलाई राजनीतिक निकासतर्फ लैजाने विश्वास व्यक्त गरेका छन्।

    प्रतिकृया दिनुहोस्