News Portal

  • नवयात्रा बहुउद्देश्यीय सहकारीको तेस्रो साधाराण सभा सम्पन्न

    दोलागिरि संवाददाता२०८२ माघ २
    ३९ पटक

    काठमाडौँ/ नवयात्रा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, काठमाडौँले ७ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ। सोमबार काठमाडौँको बसुन्धरामा सम्पन्न संस्थाको तेस्रो साधारण सभाले सञ्चालक समिति तथा ३ सदस्यीय लेखा समिति चयन गरेको हो।


    साधारण सभाबाट अध्यक्षमा हर्क बहादुर बिक, उपाध्यक्ष सुदर्शन मङ्गोल, सचिव तारा सञ्जाल, कोषाध्यक्ष ममिता रुचाल तथा सदस्यहरू हरिचन्द्र आचार्य, पैल बहादुर रावत र महेन्द्र न्यौपाने निर्वाचित भएका छन्।

    सभामा अध्यक्ष बिकले वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए, जसलाई छलफलपछि पारित गरिएको छ।संस्थाले डिजिटल बैंकिङ, सदस्यता वृद्धि, ‘हामी नवयात्रा’ कार्यक्रम तथा छवि निर्माणका गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ। हाल ३६५ शेयर सदस्य रहेको संस्थामा चालू वर्ष २८५ सदस्य थप गर्ने लक्ष्य लिइएको छ। चुक्ता शेयर पुँजी ३० लाख ८३ हजारबाट ५४ लाख ६८ हजार पुर्‍याउने तथा बचत निक्षेप ६३ लाख ८० हजारबाट १ करोड ७ लाख पुर्‍याउने लक्ष्य राखिएको छ।


    साधारण सभाको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लवले गरेका थिए। कार्यक्रममा सभासद खुमा सुवेदी, नेकपा (माओवादी) केन्द्रीय सदस्य विपिन घिमिरे र अधिवक्ता खिमानन्द अधिकारीको सहभागिता रहेको थियो।

    प्रतिकृया दिनुहोस्