News Portal

  • प्रगतिशील लोकतान्त्रिक पार्टी कालिकोटद्वारा प्रेम सहकारी सहित चार जनाको प्रत्येक्ष उम्मेदवार सिफारिस

    दोलागिरि संवाददाता२०८२ पौष २४
    १०३ पटक

    कालिकोट । प्रगतिशील लोकतान्त्रिक पार्टी जिल्ला कमिटी कालिकोटले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्येक्ष तर्फ प्रेम सहकारी सहित चार जनालाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

    पार्टीका अनुसार प्रेम सहकारी वि.सं. २०५७ सालमा बाल संगठनमा आवद्ध हुँदै माओवादी आन्दोलनमा जोडिएका हुन्। लामो समयदेखि क्रान्तिकारी राजनीतिक आन्दोलन, भ्रष्टाचार विरोधी अभियान र सामाजिक सेवामा सक्रिय रहेका सहकारी हाल प्रगतिशील लोकतान्त्रिक पार्टीमा केन्द्रीय तहको महत्वपूर्ण भूमिकामा रहेर जिम्मेवारी निर्वाह गरिरहेका छन्।

    युवा समाजसेवी तथा भ्रष्टाचार विरोधी अभियन्ताका रूपमा परिचित सहकारी युवापुस्तामाझ लोकप्रिय, आशालाग्दा भिजन भएका समाजसेवी व्यक्ति हुन्। समाज रूपान्तरण, न्याय र समानताका सवालमा उनको निरन्तर सक्रियतालाई मध्यनजर गर्दै पार्टीले उनलाई प्रत्येक्ष उम्मेदवारका रूपमा सिफारिस गरेको जनाएको छ।

    सिफारिसमा परेका उम्मेदवारहरूले पार्टी नेतृत्व, जिल्ला कमिटी तथा सम्पूर्ण कार्यकर्ताप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै जनताको भरोसा र अपेक्षालाई सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

    प्रगतिशील लोकतान्त्रिक पार्टी जिल्ला कमिटी कालिकोटले युवा नेतृत्व, संघर्षशील पृष्ठभूमि र जनमुखी दृष्टिकोणलाई आधार मानेर सहकारीलाई उम्मेदवार सिफारिस गरिएको स्पष्ट पारेको छ।

    प्रतिकृया दिनुहोस्