News Portal

  • मोडर्न एक्स्पो २०२५ भब्यरुपमा सम्पन्न

    दोलागिरि संवाददाता२०८२ पौष ५
    ३३३ पटक

    भक्तपुर  ।भक्तपुर दधिकोटमा संचालित मोर्डन स्कुलले  विद्यार्थीहरूको सिर्जनशीलता, नवप्रवर्तनशील सोच र व्यवहारिक सिकाइलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको ‘मोडर्न एक्स्पो २०२५ : विद्यार्थी सिर्जनशीलता तथा फ्रुट फ्युजन आर्ट प्रदर्शनी’ भव्य र सभ्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।


    विद्यालयमा अध्ययन गराइने डिजिटल कक्षा, रोबोटिक्स, आईसीटी (ICT), गणित, सामाजिक अध्ययन, विज्ञान लगायत विभिन्न विषयअन्तर्गत विद्यार्थीहरूले तयार पारेका शैक्षिक सामग्री, परियोजना, मोडेल तथा सिर्जनात्मक कलाकृतिहरू प्रदर्शनीमा राखिएको थियो। प्रदर्शनीले विद्यार्थीहरूको ज्ञान, सीप र प्रयोगात्मक क्षमतालाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सफल भएको प्रिन्सिपल राजन कसपालले जानकारी दिनु भएको छ ।


    कार्यक्रममा उपस्थित अभिभावक तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता, हौसला र समर्थनले विद्यार्थीहरूमा थप आत्मविश्वास र प्रेरणा मिलेको विद्यालयको भनाइ छ। कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण शिक्षक तथा कर्मचारीप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ। साथै, जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्दै सिर्जनात्मक प्रस्तुतिहरू राख्ने सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय परिवारले बधाई तथा शुभकामना व्यक्त गरेको छ।


    विद्यालयले यस्ता अनुभवमूलक र सिकाइ–केन्द्रित कार्यक्रमहरूले विद्यार्थीहरूमा नवप्रवर्तनशील सोचको विकास गर्दै भविष्यका लागि सक्षम र सिर्जनशील नागरिक तयार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

    प्रतिकृया दिनुहोस्