News Portal

  • दुईदिने मिडिया साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम ललितपुरमा सुरु

    दोलागिरि संवाददाता२०८२ पौष ४
    ५९ पटक

    ललितपुर २०८२ / पुस ४ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको संयोजन तथा गोदावरी नगरपालिकाको सहकार्यमा दुईदिने ‘मिडिया साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ शुक्रबारदेखि सुरु भएको छ।

    नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा रेमति प्रसाद सापकोटा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।भने कार्यक्रम नेपाल पत्रकार महासङ्घ  केन्द्रीय सदस्य सुर्य सुवेदी लगायतका अतिथिहरुको सहभागीता रहेको थियो ।

    अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक भवानी बरालले मिडिया साक्षरताको महत्व, सूचनाको सही पहिचान, तथ्य जाँचको विधि तथा डिजिटल सुरक्षासम्बन्धी विषयमा प्रशिक्षण दिनुहुने आयोजकले जनाएको छ।

    विशेष गरी सामाजिक सञ्जालमा फैलिँदै गएको भ्रामक तथा गलत सूचनालाई कसरी चिन्ने र त्यसको प्रभाव न्यूनिकरण कसरी गर्ने भन्ने विषयमा सहभागीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।

    महालक्ष्मी स्थानमा  आयोजित कार्यक्रममा ललितपुर जिल्लाका स्थानीय पत्रकारहरू तथा विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ। दुई दिनसम्म सञ्चालन हुने यस अभिमुखीकरणले सहभागीहरूलाई सूचनाको सत्यता परीक्षण गर्ने क्षमता विकास गर्नुका साथै जिम्मेवार नागरिकको रूपमा सञ्चार माध्यमको सचेत र सुरक्षित प्रयोग गर्ने सीप प्रदान गर्ने अपेक्षा गरिएको छ।

     

    प्रतिकृया दिनुहोस्

    Oplus_0