News Portal

  • प्याब्सन सूर्यविनायकको दोस्रो नगर परिषद् भेला सम्पन्न

    दोलागिरि संवाददाता२०८२ पौष ३
    २५० पटक

    भक्तपुर, २०८२/०९/०३
    निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सूर्यविनायक नगर समितिको दोस्रो नगर परिषद् भेला–२०८२ भक्तपुरको क्लब बागमतीमा सफलतापूर्वक सम्पन्न भएको छ।

    भेलालाई सफल बनाउन प्रमुख अतिथिका रूपमा प्याब्सन केन्द्रीय उपाध्यक्ष सन्तोष मणि न्यौपानेको उपस्थिति रहेको थियो। कार्यक्रममा प्याब्सनका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, बागमती प्रदेश वरिष्ठ उपाध्यक्ष, भक्तपुर जिल्ला अध्यक्ष तथा पदाधिकारीहरू, भक्तपुर, चाँगुनारायण र मध्यपुर ठिमी नगर समितिका अध्यक्षहरू, सल्लाहकारहरू लगायत सम्पूर्ण प्रिन्सिपल, संस्थापक तथा गुठियारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    नगर परिषद् भेलामा निजी विद्यालयहरूको वर्तमान अवस्था, गुणस्तरीय शिक्षा, संस्थागत सुधार तथा आगामी कार्ययोजनाका विषयमा व्यापक छलफल गरिएको थियो। कार्यक्रममा उपस्थित वक्ताहरूले निजी शिक्षाले राज्यको शिक्षामा पुर्‍याएको योगदानलाई अझ व्यवस्थित र जिम्मेवार बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

    कार्यक्रम प्याब्सन सूर्यविनायक नगर समितिका अध्यक्ष विनोद काफ्लेको अध्यक्षतामा सम्पन्न भएको हो।

     

    प्रतिकृया दिनुहोस्