News Portal

  • नेकपा (माओवादी) धादिङले जिल्ला कमिटी सदस्य क. कृष्ण सी. का पिताको निधनप्रति दु:ख व्यक्त गर्दै शोक वक्तव्य जारी

    दोलागिरि संवाददाता२०८२ पौष १
    ३६ पटक

    धादिङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) धादिङ जिल्ला कमिटीले जिल्ला कमिटी सदस्य क. कृष्ण सी. का पिता रत्न बहादुर खतिवडाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ।

    पार्टीका अनुसार रत्न बहादुर खतिवडाको मिति २०८२ वैशाख ७ गते ५७ वर्षको उमेरमा निधन भएको हो। उहाँको निधनले परिवार, आफन्त तथा पार्टी पंक्तिलाई स्तब्ध बनाएको जिल्ला कमिटीले जनाएको छ।

    जारी शोक वक्तव्यमा दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै क. कृष्ण सी. सहित शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।

    शोक वक्तव्य नेपाल कम्युनिस्ट पार्टी (माओवादी) धादिङ जिल्ला सेक्रेटरी प्रमोद सी. द्वारा हस्ताक्षर गरी जारी गरिएको हो।

    प्रतिकृया दिनुहोस्

    Oplus_0