News Portal

  • मध्यपुर थिमिमा चौथो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सुरु

    दोलागिरि संवाददाता२०८२ पौष १
    ७७ पटक

    भक्तपुर । मध्यपुर थिमि नगरपालिका द्वारा आयोजित चौथो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ।

    प्रतियोगितामा नगरभित्रका ४३ वटा विद्यालय सहभागी रहेका छन्। सहभागीमध्ये छात्र ५३९ जनाछात्रा ४०५ जना गरी कुल ९४४ विद्यार्थीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्दैछन्।

    यस प्रतियोगिताअन्तर्गत ४ वटा खेल विधा समेटिएका छन् भने ती खेलका ३३ वटा इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। विद्यार्थीहरूको शारीरिक, मानसिक र अनुशासनात्मक विकासमा खेलकुदको भूमिका महत्वपूर्ण हुने भन्दै नगरपालिकाले नियमित रूपमा राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको जनाएको छ।

    उद्घाटन समारोहको अवसरमा आयोजित मार्चपास प्रतियोगितामा
    आदर्श माध्यमिक विद्यालय, सानोथिमि ले प्रथम स्थान हासिल गरेको छ भने भक्तपुर निस्त दोस्रो, बिनायक शिक्षा निकेतन तेस्रो र एस.ओ.एस हर्मन माइनर स्कुल ले सान्त्वना पुरस्कार प्राप्त गरेको छ।

    प्रतियोगिताले विद्यार्थीहरूबीच स्वस्थ प्रतिस्पर्धा, अनुशासन र खेलभावनाको विकासमा सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

     

    प्रतिकृया दिनुहोस्

    Oplus_0