News Portal

  • नेपाल कम्युनिस्ट पार्टी (माओवादी) काठमाडौं जिल्ला समितिको पाचौ आवाधिक योजनाको प्रथम पूर्ण वैठक सम्पन्न

    दोलागिरि संवाददाता२०८२ मंसिर २२
    ७२ पटक

    २०८२मंगसीर १९ काठमाडौं ।
    नेपाल कम्युनिस्ट पार्टी (माओवादी) काठमाडौं जिल्ला समितिको पञ्चौँ वार्षिक योजनाअन्तर्गतको प्रथम पूर्ण वैठक विभिन्न कार्यसूची र दायित्वगत निर्णयहरू गर्दै सम्पन्न भएको छ । वैठकले विगत कार्यबहनप्रति धन्यवाद ज्ञापन गर्दै पूर्व जिल्ला सेक्रेटरी चिरञ्जीवी सीलाई औपचारिक बिदाइ तथा नवीन नेतृत्वका रूपमा नवनिर्वाचित जिल्ला सेक्रेटरी इच्छुक सीलाई स्वागत तथा जिम्मेवारी हस्तान्तरण गरेको छ ।

    प्रथम पूर्ण वैठकलाई पार्टी पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज माईला सीले सम्बोधन गर्दै पञ्चौँ वार्षिक योजनाका लक्ष्य, कार्यक्रम र कार्यान्वयन प्रक्रियाबारे मार्गनिर्देशन दिनु भयो । उहाँले काठमाडौं जिल्लामा पार्टीको जनसंपर्क, संगठन सुदृढीकरण, वैचारिक प्रशिक्षण, जनअभियान, जनगुनासो व्यवस्थापन तथा सांस्कृतिक–राजनीतिक कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

    वैठकले सो योजनाअन्तर्गत संगठन विस्तार, जनसंगठनहरूको पुनर्संरचना, जिल्ला–महानगर तहमा क्रियाशीलता वृद्धी, वैचारिक कक्षा सञ्चालन, जनसंघर्ष कार्यक्रम र जनयात्रा अभियानलाई प्राथमिक एजेण्डाका रूपमा अघि सार्ने निर्णय गरेको छ । साथै पार्टी अनुशासन, आन्तरिक एकता र जनपरक शैलीमा संगठन सञ्चालन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।

    प्रथम पूर्ण वैठकमा जिल्ला कमिटीका सदस्य, जनसंगठन प्रतिनिधि तथा विभिन्न विभागीय जिम्मेवारहरूको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Oplus_0