News Portal

  • मध्यपुर प्याब्सनद्वारा आयोजना गरिएको फूटसल प्रतियोगिता सम्पन्न

    दोलागिरि संवाददाता२०८२ मंसिर १६
    १३२ पटक

    मध्यपुर थिमी/ मध्यपुर प्याब्सनद्वारा आयोजना गरिएको फूटसल प्रतियोगिता तीन दिनको निरन्तर प्रतिस्पर्धा र उत्साहपूर्ण वातावरणबीच सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन सत्रका प्रमुख अतिथि प्याब्सन केन्द्रीय कोषाध्यक्ष गणेश बाबु पोखरेलले क्रीडा गतिविधिले विद्यार्थीको सर्वांगीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभयो।

    समापन सत्रका प्रमुख अतिथि राष्ट्रिय फुटबल टोलीका चर्चित गोलकिपर बिकेश कुथुले विद्यालयस्तरमै फुटबल प्रतिभा पहिचान आणि प्रोत्साहन हुनुपर्ने धारणा राख्दै उत्कृष्ट आयोजना गरेको भन्दै मध्यपुर प्याब्सन परिवारलाई बधाई दिनुभयो। साथै प्याब्सन केन्द्रीय सचिव चन्द्रकुमार अधिकारी, प्याब्सन भक्तपुर अध्यक्ष राजन कसपाल, वरिष्ठ उपाध्यक्ष निलेश आचार्य, उपाध्यक्ष विजय कर्मचार्य, सचिव सूर्य भण्डारी र कोषाध्यक्ष रत्नमान शंखदेव जस्ता विशिष्ट व्यक्तित्वहरूको उपस्थिति कार्यक्रमको गरिमालाई थप वृद्धि गराएको थियो।

    तीन दिनसम्म बिहानदेखि बेलुकासम्म अहोरात्र खटिएर कार्यक्रम सफल बनाउन ठूलो भूमिका खेल्नुभएको उपाध्यक्ष बुद्ध रत्न वादे, सचिव मनोज दिक्षित र कोषाध्यक्ष सोमकृष्ण प्रजापतिप्रति मध्यपुर प्याब्सनले विशेष कृतज्ञता व्यक्त गरेको छ।

    एरुडाइट एकेडेमीका प्रधानाध्यापक दिनेश पाण्डे, नगर कार्यसमिति सदस्यहरू तथा नमस्ते खोपः टेलिभिजन परिवारले दिएको सहयोग र साथले कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न मद्दत पुगेको आयोजकले जनाएको छ।

    प्रतियोगितामा सहभागी ३२ वटै सदस्य विद्यालयलाई आयोजक मध्यपुर प्याब्सनले हार्दिक धन्यवाद ज्ञापन गर्दै नमन गरेको छ। साथै मध्यपुर प्याब्सनबाट छनोट भई प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल चारवटै विद्यालयलाई भक्तपुर प्याब्सन जिल्ला स्तरीय फूटसल प्रतियोगितामा सहभागी हुँदै अझ उत्कृष्ट प्रदर्शन गर्न अग्रीम शुभकामना दिएको छ।

    अन्त्यमा, कुनै शुभेच्छुक वा सहयोगीको नाम छुट्न गएमा क्षमायाचना गर्दै, मध्यपुर प्याब्सन थिमी परिवारले आगामी दिनमा पनि यस्तै साथ र सहयोग अपेक्षा राख्दै पुनः धन्यवाद व्यक्त गरेको छ।

    प्रतिकृया दिनुहोस्