News Portal

  • नेसनल प्याव्सन भक्तपुरद्वारा अन्तर विद्यालय खेलकूद मेला मंसिर १५ देखि सुरु

    दोलागिरि संवाददाता२०८२ मंसिर १३
    ३७० पटक

    भक्तपुर/ नेसनल प्याव्सन भक्तपुरको आयोजनामा अन्तर विद्यालय खेलकूद प्रतियोगिता–२०८२ यहि मंसिर १५ गतेदेखि भक्तपुरमा सुरु हुने भएको छ। सदस्य विद्यालयबीच हुने यस वर्षको खेलकूद मेलामा विभिन्न तहका विद्यार्थी सहभागिता जनाउनेछन्।

    नेसनल प्याव्सन भक्तपुरका जिल्ला कार्यसमिति सदस्य तथा खेलकूद मेलाका संयोजक अनिश राईका अनुसार प्रतियोगितामा माध्यमिक र आधारभूत तहका छात्र फुटसल, माध्यमिक तहसम्मका छात्राहरुको भलिवल, माध्यमिक तहसम्मका छात्रहरुको टेबल टेनिस तथा छात्र–छात्राको छुट्टाछुट्टै व्याडमिन्टन प्रतियोगिता सञ्चालन हुनेछ।

    उनका अनुसार यस्तो प्रकारको प्रतियोगिताले विद्यार्थीहरूलाई शारीरिक तथा मानसिक रूपमा सुदृढ बनाउनुका साथै खेल क्षेत्रप्रति रुचि र लगाव बढाउने विश्वास लिइएको छ। “भविष्यमा राष्ट्रका लागि सक्षम तथा उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो,” राईले बताए।

    खेलकूद मेला मंसिर १५ गते उद्घाटन हुने र मंसिर १८ गते विजयी विद्यालय तथा खेलाडीहरूलाई पुरस्कार वितरणसहित समापन हुने आयोजकले जनाएको छ।

    प्रतिकृया दिनुहोस्