News Portal

  • जेन–जी सहिद परिवारको कोटामा नियुक्ति विवाद: आदर्श श्रेष्ठले श्रीमतीलाई सहसचिव बनाउँदा आलोचना

    दोलागिरि संवाददाता२०८२ मंसिर १०
    २३७ पटक

    काठमाडौं । प्रधानमन्त्री कार्कीको सरकारले जेन–जी सहिद परिवारको कोटामा गरेको नियुक्तिलाई लिएर विवाद चर्किएको छ। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले आफ्नी श्रीमतीलाई सचिवालयमा सहसचिव सरह पदमा नियुक्त गरेपछि चौतर्फी आलोचना भईरहेको छ।

    यसअघि पनि महान्यायाधिवक्ता सविता भण्डारीले आफ्नो लगानीको होप फर्टिलिटी सेन्टरमा स्कुल जाने युवतीलाई ल्याएर कम रकम दिई डिम्ब निकाल्ने र लाखौंमा बेच्ने प्रकरणमा सिआईबीले पर्याप्त प्रमाण दिएकै बाबजुद मुद्दा नचलाउने निर्णय गरेकी थिइन्।

    जेन–जी समूहले यी नियुक्तिहरू तत्काल खारेज गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा विरोध प्रदर्शन र ज्ञापनपत्र बुझाएको छ। साथै, उनीहरूले जेन–जी सहिदको रगतमा ‘होली नखेल्न’ चेतावनी दिएका छन् र आफ्ना माग पूरा नभए कडा कदम चाल्ने पनि बताइसकेका छन्।

    प्रतिकृया दिनुहोस्