News Portal

  • भक्तपुरसम्म विशेष निशुल्क बस सेवा सुरु

    दोलागिरि संवाददाता२०८२ मंसिर ६
    २७ पटक

    काठमाडौं। राष्ट्रिय खेलकुद बोर्ड (RONB) ले युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा आजदेखि भक्तपुरसम्म विशेष निशुल्क बस सेवा सुरु गरेको छ। नेपाल प्रिमियर लिग (NPL) हेर्न आउने महिलाहरू, वृद्धवृद्धा तथा अशक्त व्यक्तिहरूलाई सहज र सुरक्षित आवागमन उपलब्ध गराउने उद्देश्यले यो सेवा प्रारम्भ गरिएको हो।

    उक्त बस सेवा TU Ground Gate 3 → सत्पोखरी (Satdobato) → कोटेश्वर → सल्हाघारी → सूर्यविनायक रुटमार्फत संचालन हुनेछ। खेल अवधिभर बेलुकी ६ देखि ८ बजेसम्म बसहरू निरन्तर रुपमा उपलब्ध हुने जनाइएको छ।

    RONB का अनुसार, भीड व्यवस्थापन, यातायातमा हुने समस्या न्यूनीकरण तथा विशेष गरी महिला र असहाय व्यक्तिहरूलाई खेलमैदानसम्म सहज पहुँच दिलाउन यो सेवाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। यात्रुहरूले निर्धारित स्टपहरूबाटै बस चढ्न र झर्न सक्ने व्यवस्था मिलाइएको छ।

    आयोजक संस्थाले NPL अवलोकनमा आउने सर्वसाधारण विशेषतः लक्षित समूहलाई यो सुविधाको अधिकतम उपयोग गर्न आग्रह गरेको छ।

    प्रतिकृया दिनुहोस्

    Oplus_0