News Portal

  • चाँगुनारायण नगरपालिका स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न, गोल्डेन सुनगाभ स्कुल पहिलो

    दोलागिरि संवाददाता२०८२ मंसिर ४
    ३० पटक

    २०८२ मंगसीर २ भक्तपुर ।चाँगुनारायण । चाँगुनारायण नगर प्याब्सनद्वारा आयोजित चाँगुनारायण नगरपालिका स्तरीय लोकनृत्य प्रतियोगिता आज सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्याब्सन भक्तपुरका अध्यक्ष राजन कसपाल रहनु भएको थियो।

    कार्यक्रममा नगरका विभिन्न विद्यालयका विद्यार्थीहरूले विविध सांस्कृतिक पहिचान झल्किने प्रस्तुतीहरू राखेका थिए। तीमध्ये Golden Sungava English Boarding School का विद्यार्थीहरूले मञ्चमा प्रस्तुत गरेको आकर्षक र उत्कृष्ट लोकनृत्यले दर्शक तथा निर्णायकको मन जित्दै प्रथम स्थान हासिल गर्न सफल भएका छन्।

    विजयी विद्यार्थीहरूको प्रस्तुतिलाई प्रमुख अतिथि राजन कसपालले प्रशंसा गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा विकास, सांस्कृतिक संरक्षण र आत्मविश्वास विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।

    यसैगरी, अभिभावकहरूको साथ, विद्यालय व्यवस्थापनको सहयोग र विद्यार्थीहरूको मेहनतका कारण विद्यालयले नगरस्तरीय प्रतियोगितामा उत्कृष्ट उपलब्धि हासिल गरेको विद्यालय परिवारले खुशी व्यक्त गरेको छ।

    प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै आयोजकले आगामी दिनमा अझै व्यवस्थित र व्यापक कार्यक्रमहरु ल्याइने जाने दिएको थियो । कार्यक्रम नगर प्याब्सन सम्मपुर्ण सहभागीीता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Oplus_0