दोलागिरि संवाददाता
काठमाडौं २०८२ कार्तिक २८ । सिन्धुलीमा महिलाको वीभत्स हत्या, दुई पक्राउ—अवैध सम्बन्धकै कारण हत्या भएको खुलासा भएको छ ।
सिन्धुलीकी ४० वर्षीया छत्रकुमारी कार्कीको वीभत्स हत्या प्रकरणमा सूर्यबहादुर कामी र उनका भान्जा टंकबहादुर कामी पक्राउ परेका छन्, एक जना अझै फरार छन्।
घाँस काट्न निस्केकी कार्की चार दिनपछि सिसौघारीमा मृत भेटिएकी थिइन्। पोस्टमार्टमले घाँटी थिचेर हत्या गरिएको र शरीरका अङ्ग काटिएको पुष्टि गरेको छ।
अवैध सम्बन्ध बाहिरिने डरले सूर्यबहादुरले हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।


















