Skip

News Portal

  • इपीएस भाषा परीक्षा आजदेखि सुरु

    दोलागिरि संवाददाता२०८० फाल्गुण ७
    १५७ पटक

     

    काठमाडौं । वैदेशिक रोजगार अनुमति प्रणाली (इपीएस) सन् २०२४ अन्तर्गत उत्पादनतर्फको भाषा परीक्षा आजदेखि सुरु हुँदै छ। परिक्षा पाँच सिफ्टमा सञ्चालन गर्न लागेको हो।

    दक्षिण कोरिया उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अपेक्षाभन्दा दोब्बर परेकाले परीक्षाको सिफ्ट सङ्ख्या बढाउनु परेको इपिएस शाखाले जनाएको हो।

    सो शाखाका अनुसार शाखाका निर्देशक मैयाँ कँडेलले यस पटक अपेक्षाभन्दा दोब्बर परीक्षार्थीको आवेदन परेकाले सोमबारदेखि प्रत्येक दिन पाँच सिफ्टसम्म परीक्षा सञ्चालन गर्नका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिइन्।

    प्रतिकृया दिनुहोस्