
काठमाडौँ, कात्तिक २० ।
नेपाल कम्युनिष्ट पार्टीले आज बिहीबार काठमाडौँको भृकुटीमण्डपमा बृहत् जनसभा आयोजना गर्दैछ। गत असोज २६ देखि ३० गतेसम्म सम्पन्न नवौँ केन्द्रीय समितिको तेस्रो विशेष बैठकले देशव्यापी जनसंघर्ष गर्ने निर्णय गरेअनुसार यो जनसभा सञ्चालन हुन लागेको जानकारी दिएको छ ।
उक्त पार्टीले सर्वपक्षीय अन्तरिम सरकार गठन, भ्रष्टाचारको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन, भ्रष्टाचारीहरूलाई कारबाही गर्न विशेष न्यायालय स्थापना, अग्राधिकारसहितको समाजवाद निर्माण, दलाल प्रवृत्तिका गैरसरकारी संस्थाहरू खारेज, जेन–जी माथिको दमनको निष्पक्ष छानबिन तथा युवाहरूका लागि रोजगारीको ग्यारेन्टीजस्ता मागहरू अघि सार्दै आयको छ ।
यसअघि नेपाल कम्युनिष्ट पार्टीले कात्तिक १५ गते देशव्यापी मसाल जुलुस प्रदर्शन र कात्तिक १७ गते विरोध प्रदर्शनसहित कोणसभा सम्पन्न गरिसकेको छ। ती कार्यक्रमहरूलाई जनस्तरमा उल्लेख्य समर्थन प्राप्त भएको पार्टीले जनाएको छ।
नेकपाका पोलिटब्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माईला सीका आजको बृहत् जनसभाको सम्पुर्ण तयारी पुराभइसको उनेले जानकारी दिज्ञका छन् । आजको कार्यक्रममा देशभरका राजनीतिक कार्यकर्ता, बुद्धिजीवी, व्यवसायी, नागरिक समाजका प्रतिनिधि तथा आम स्वाभिमानी जनताको उपस्थितिको अपेक्षा गरिएको उनले बतायका छन ।
आजको बृहत् जनसभाले नेपालको वर्तमान राजनीतिक गतिरोध र भ्रष्ट शासनविरुद्ध जनआन्दोलनको नयाँ दिशानिर्देश दिने अपेक्षा गरिएको छ। उक्त जनसभा लाई पार्टी महासचिव विप्लव सी प्रबक्ता प्रकाण्डसी लायतले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ ।


















