News Portal

  • प्रजातन्त्र दिवसमा पत्रकारलाई रोक

    विरोध स्वरुप क्यामेरा डाउन

    दोलागिरि संवाददाता२०८० फाल्गुण ७
    ११९ पटक

    फागुन ७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएको छैन ।

    सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिइएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् ।

    सूचना तथा प्रसारण विभागको कार्डलेसमेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गरेका हुन् ।

    समारोहको निमन्त्रणपत्र भए मात्रै प्रवेश दिने भन्दै पत्रकारहरूलाई आयोजकले फर्काइदिएको छ

    प्रतिकृया दिनुहोस्