News Portal

  • जेनजीको सरकार जनअपेक्षा विपरीत: विप्लव

    दोलागिरि संवाददाता२०८२ भाद्र ३०
    ६२ पटक

    काठमाडौं, भदौ ३० – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले हालै गठन भएको सरकारलाई जनअपेक्षा विपरीत भन्दै अस्वीकार गर्ने निर्णय गरेको छ। महासचिव विप्लव सीको हस्ताक्षरसहित आज सार्वजनिक गरिएको विज्ञप्तिमा उक्त सरकारलाई “Gen-Z को सरकार होइन, बरु Gen-X को सरकार” भनेर आलोचना गरिएको छ।

    विज्ञप्तिमा भनिएको छ, “सरकारको निर्माण जनअपेक्षा विपरीत भयो, नागरिक समाज, आन्दोलनरत शक्तिहरू र सम्पूर्ण राजनीतिक शक्तिको साझा संयोजनबाट संक्रमणकालीन सरकार बन्नुपर्ने हो, तर सत्तापक्षीय शक्ति-सन्तुलनका आधारमा मात्र सरकार बनाइयो।”

    नेकपाले यस सरकारलाई “बनोटमै त्रुटिपूर्ण” भन्दै अस्वीकार गरेको छ र सम्पूर्ण राजनीतिक क्षेत्रबाट समेत अस्वीकार हुने दाबी गरेको छ।

    महासचिव विप्लवले भ्रष्टाचार, राष्ट्रघात, तस्करी, दलालीका विरुद्ध लड्नुपर्ने बेलामा बनेको यो सरकार संक्रमणकाललाई झन् लम्ब्याउने र जनतालाई निराश पार्ने मात्र भएको आरोप लगाएका छन्। विज्ञप्तिमा भनिएको छ, “हामीलाई चाहिएको सरकार मन्त्रिपरिषद मात्र होइन, अपितु राज्यको पुनःसंरचना र संविधानको पुनर्लेखनसमेत आवश्यक छ।”

    उनले नयाँ सरकारको निर्माण पुरानो राज्य प्रणालीलाई यथावत राख्ने खालको भएको भन्दै यसको निकास सम्भव नभएको टिप्पणी गरेका छन्। पार्टीले जनसत्ता, स्वाधीनता, आत्मनिर्भरता, जनअधिकार र समाजवादको पक्षमा “इमान्दारीपूर्वक अडिग रहने” प्रतिवद्धता पनि जाहेर गरेको छ।

     

    प्रतिकृया दिनुहोस्