News Portal

  • विप्लवले दिए जेन जी पुस्तालाई शुभकामना, नयाँ पुस्ता नयाँ आन्दोलन अगाडि बढ

    दोलागिरि संवाददाता२०८२ भाद्र २३
    ५२२ पटक

    कपिलवस्तु २०८२ भाद्र २३। सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोधस्वरूप आज राजधानी काठमाडौंमा ‘जेन जी’ पुस्ताले सडकमा आवाज उठाउँदै छ।

    युवापुस्ताको यो आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले फेसबुकमार्फत सन्देश पठाएका छन्। उनले लेखेका छन् :
    “नयाँ पुस्ता नयाँ आन्दोलन । अगाडि बढ, शुभकामना जेन जी।”

    विप्लवको उक्त सन्देशलाई धेरैले ‘नयाँ पुस्ताको साहस र आत्मविश्वासको समर्थन’ का रूपमा लिएका छन्। आन्दोलनमा सहभागी युवाहरूले यो शुभकामनाले आफूहरूलाई थप हौसला दिएको प्रतिक्रिया दिएका छन्।

     

    प्रतिकृया दिनुहोस्