News Portal

  • काठमाडौं महानगर प्रमुख बालेन शाहाको Gen Z पुस्तालाई समर्थन

    दोलागिरि संवाददाता२०८२ भाद्र २२
    १६९ पटक

    काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहाले भोलि हुने Gen Z पुस्ताको स्वतःस्फूर्त र्‍यालीलाई खुलेर समर्थन गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यो आन्दोलन कुनै दल, नेता वा संगठनको नभई २८ वर्ष मुनिका युवायुवतीहरूको चेतनाको अभिव्यक्ति भएको उल्लेख गरेका छन्।

    बालेनले भनेका छन् :

    “भोलिको र्‍याली स्पष्ट रूपमा Gen Z को हो। उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसका लागि म आफैं पनि बुढो देखिन्छु। मलाइ उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ। यो स्वतःस्फूर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद वा अभियन्ता आफ्नो स्वार्थ पूर्ति गर्न बाठो नबनून्। म उमेर हदबन्दीका कारण सहभागी हुन सक्दिन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ। मेरो भरपुर समर्थन छ।”

    उनले नेताहरू, दलहरू र स्वार्थी तत्वहरूलाई चेतावनी दिँदै यो र्‍याली युवापुस्ताको शुद्ध आवाज भएको र त्यसमा कोही हस्तक्षेप गर्न नहुने स्पष्ट सन्देश दिएका छन्।

    Gen Z पुस्ताले यस र्‍यालीमार्फत पारदर्शी शासन, समान अवसर, रोजगारी र नयाँ नेतृत्व शैलीप्रति आफ्नो चाहना प्रकट गर्ने अनुमान गरिएको छ।

    विश्लेषकहरूको भनाइमा, काठमाडौंका प्रमुख बालेन शाहाले खुलेर दिएको समर्थनले राजधानी मात्र होइन, देशभरका युवाहरूलाई ऊर्जा र प्रेरणा दिनेछ।

     

    प्रतिकृया दिनुहोस्