News Portal

  • रास्वपा उम्मेदवार डा. थापाले सार्वजनिक गरे वैवाहिक सम्बन्ध विच्छेदको कागज

    दोलागिरि संवाददाता२०८२ भाद्र १७
    २४३ पटक

    रुपन्देही, भदौ १७ –
    बहुविवाहको विषयमा चर्को विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुपन्देही–३ का प्रतिनिधिसभा उम्मेदवार डा. लेखजंग थापाले वैवाहिक सम्बन्ध विच्छेदको कागज सार्वजनिक गरेका छन्।

    पार्टीबाट उम्मेदवार मनोनयनमा परेपछि उनको व्यक्तिगत जीवनबारे विभिन्न मिडियामा बहुविवाहको आरोपसहित समाचार सार्वजनिक भएका थिए। सोही विषयले राजनीतिक रुपमा पेचिलो मोड लिएको भन्दै डा. थापाले आफ्नो आधिकारिक फेसबुकमार्फत वैवाहिक सम्बन्ध विच्छेदको कागज सार्वजनिक गर्दै स्पष्टिकरण दिएका हुन्।

    उनका अनुसार, सम्बन्धविच्छेदको प्रक्रिया कानुनी रूपमा सम्पन्न भइसकेको र अहिले आफू कुनै वैवाहिक विवादमा नरहेको दाबी गरेका छन्। उनले आरोपहरूलाई आधारहीन र चुनावलाई लक्षित गरेर गरिएका प्रपञ्चको संज्ञा दिएका छन्।

    यसैबीच, बहुविवाहसम्बन्धी सार्वजनिक बहसले उम्मेदवारको राजनीतिक छविमा प्रभाव पार्ने वा नपार्ने भन्नेबारे स्थानीय स्तरमा विभिन्न टिप्पणीहरू भइरहेका छन्।

     

    प्रतिकृया दिनुहोस्