News Portal

  • हर्क साम्पाङको प्रश्न : कसको देश हो यो?

    दोलागिरि संवाददाता२०८२ भाद्र १७
    २९४ पटक

    काठमाडौं , भदौ १७ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पुनः कडा अभिव्यक्ति दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रणाली र राज्य संरचनाप्रति गम्भीर असन्तुष्टि प्रकट गरेका छन्।

    साम्पाङले लेखेका छन्, “उद्योग खोल्छु भन्दा मुद्दा लाग्ने देश, श्रमदान गर्छु भन्दा मुद्दा लाग्ने, मकै रोप्छु भन्दा मुद्दा लाग्ने देश। कस्तो हो यो? म प्रश्न गर्न चाहन्छु, कसको देश हो यो?”

    उनका अनुसार, जनताको सेवा गर्ने, श्रमदान गर्ने, वातावरणमैत्री कार्य गर्ने जस्ता प्रयासमै पनि बाधा पुर्‍याइने र मुद्दा लगाइने अवस्था बनेको छ। उनले ढुंगा बोक्दा, बिरुवा रोप्दा समेत आफूलाई मुद्दा लगाइने गरेको गुनासो गर्दै राज्यको व्यवस्थामाथि प्रश्न उठाएका छन्।

    यत्तिमात्र होइन, उनले राजनीतिक दलप्रतिको आफ्नो धारणा पनि राख्दै भनेका छन्, “पार्टी खोल्ने हो? भनेर अघि सोध्दै हुनुहुन्थ्यो। हो, हामी खोल्छौँ। तर यो पार्टीमा कोही पनि कसैको कार्यकर्ता बन्दैन। केवल श्रमदाता बन्छ। कार्यकर्ता भन्दैनौँ हामी।”

    उनको यसपटकको अभिव्यक्तिले फेरि एकपटक राजनीतिक वृत्त र नागरिक समाजमा चर्चा थपिएको छ। साम्पाङको प्रश्न “कसको देश हो यो?” अहिले सामाजिक सञ्जालमा व्यापक बहसको विषय बनेको छ।

    प्रतिकृया दिनुहोस्