News Portal

  • पत्रकार महासंघ ललितपुरले ‘मार्गदर्शक’ पुस्तक विमोचन

    दोलागिरि संवाददाता२०८२ भाद्र १५
    २५४ पटक

    ललितपुर, भदौ १४ – नेपाल पत्रकार महासंघ ललितपुर शाखाले प्रकाशन गरेको ‘मार्गदर्शक’ पुस्तक शनिबार महालक्ष्मीस्थानमा आयोजित समारोहमा विमोचन गरिएको छ।

    कार्यक्रममा कांग्रेस नेता उदयशमशेर राणा, महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा, प्रदेशसभा सदस्य उर्मीला लामा, गोदावरी नगर प्रमुख गजेन्द्र महर्जन र प्रमुख जिल्ला अधिकारी सुमन अधिकारीलगायतले पुस्तक सार्वजनिक गरे।

     

    सो अवसरमा यसवर्ष एसईई र प्लसटु उत्तीर्ण पत्रकारका छोराछोरी, ललितपुर पत्रकारितामा योगदान पु-याउने सञ्चारकर्मी तथा महासंघका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो।

    नेता राणाले डिजिटल युगमा गलत सूचना निरुत्साहित गर्न पत्रकारलाई आग्रह गर्दै महासंघको योगदानको प्रशंसा गरे। अध्यक्ष निर्मला शर्माले ललितपुर शाखा राजधानीकै उत्कृष्ट शाखा भएको उल्लेख गरिन्।

    कार्यक्रमका वक्ताहरुले ‘मार्गदर्शक’ पुस्तकले पत्रकारिताको इतिहास जोगाउन टेवा पुर्याउने विश्वास व्यक्त गरे।

    प्रतिकृया दिनुहोस्