News Portal

  • प्रधानमन्त्री ओली चीन भ्रमणमा, भारत–चीन व्यापार सहमति विषय उठाउने तयारी

    दोलागिरि संवाददाता२०८२ भाद्र १४
    २२२ पटक

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको अतिक्रमणविरुद्धको जनयुद्ध विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुने भएका छन्। चीनले दिएको जानकारी अनुसार उक्त कार्यक्रममा ५० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुनेछन्।

    प्रधानमन्त्री ओलीले यसपटकको चीन भ्रमणबाट नेपाल–चीनबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। साथै, भारत र चीनले नेपालको भूमिबाट व्यापार मार्ग खोल्ने गरी गरेको सहमति सम्बन्धमा चीनसँग प्रस्ट कुरा गर्ने उनको तयारी छ।

    भारत–चीन व्यापार सहमतिप्रति नेपालले पहिल्यै औपचारिक आपत्ति जनाइसकेको सन्दर्भमा प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ।

     

    प्रतिकृया दिनुहोस्