News Portal

  • हरिसिद्धिमा प्रचण्ड–विप्लव भेट : पार्टी एकता र राजनीतिक गतिरोधबारे वान टु वान छलफल

    दोलागिरि संवाददाता२०८२ भाद्र ९
    ३८३ पटक

    २०८२ भाद्रा ९ ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान नेकपा का  महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’लाई भेट्न ललितपुरको हरिसिद्धिस्थित उनको  निवासमा  पुगेका छन्।

    महासचिव निवास पुग्नेबित्तिकै प्रचण्डलाई विप्लव कार्यालयका पदाधिकारीहरूले स्वागत गरेका थिए। त्यसपछि दुई नेताबीच वान टु वान छलफल भएको विप्लवको सचिवालयले जनाएको छ। छलफलमा पार्टी एकता, पछिल्लो राजनीतिक गतिरोध र वाम आन्दोलनलाई नयाँ दिशातर्फ डोर्याउने विषयमा केन्द्रित संवाद भएको बताइएको छ।

    भेटपछि प्रचण्ड र विप्लवले संयुक्त रूपमा हरिसिद्धिमा रहेको उत्पादन केन्द्रको अनुगमन पनि गरेका थिए। स्थानीय उत्पादन र स्वावलम्बनमूलक अभियानलाई प्रोत्साहन दिने विषयमा दुबै नेताले जोड दिएका छन्।

    कार्यक्रमको अन्त्यमा दुवै नेताले संक्षिप्त फोटो सेसन गरेका थिए। यो भेटलाई वाम एकताको सम्भावित मार्गचित्र तर्जुमा गर्ने प्रारम्भिक पहलका रूपमा हेरिएको छ।

     

    प्रतिकृया दिनुहोस्