News Portal

  • नीलबाराही क्षेत्रको पहिरो नियन्त्रण र पर्यटन विकासको कार्य सुरु

    दोलागिरि संवाददाता२०८२ भाद्र ३
    १४१ पटक

    भक्तपुर, मध्यपुर थिमी । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित ऐतिहासिक एवं धार्मिक तीर्थस्थल नीलबाराही क्षेत्रलाई भूस्खलन र भू–क्षयबाट जोगाउँदै आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना अघि बढाइएको छ।

    करिब ९ करोड ४३ लाख रुपैयाँको लागतमा काठमाडौं उपत्यका विकास प्राधिकरण (केभिडिए) र मध्यपुर थिमी नगरपालिकाले संयुक्तरूपमा पहिरो तथा भू–क्षय नियन्त्रण कार्य सुरु गर्ने भएका छन्। यस कार्य अन्तर्गत मन्दिर परिसरको पूर्व–पश्चिम भागमा तत्काल काम थालिनेछ। नगर प्रमुख सुरेन्द्र श्रेष्ठले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै भोलिदेखि नै ठेकेदारले फिल्डमा काम थाल्ने बताए।

    उनका अनुसार दुई वर्षभित्र करिब २० करोड रुपैयाँ खर्च गरेर नीलबाराही क्षेत्रलाई आकर्षक पर्यटकीय स्थलको रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको छ। सो अवसरमा योजनाको थ्रीडी नक्सा तथा डिजाइन सार्वजनिक गरिएको थियो। यसअघि उक्त नक्सा सार्वजनिक गर्ने कार्यक्रम मंगलबार बिहान नीलबाराही रिसोर्टमा तय गरिएको भए पनि स्थानीयको विरोधका कारण स्थगित गरिएको थियो। त्यसपछि दिउँसो पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा योजना सार्वजनिक गरिएको हो।

    प्रतिकृया दिनुहोस्