News Portal

  • भक्तपुरमा मिड भ्याली एसएस/कलेजद्वारा ट्राफिक सचेतना तथा सडक सुरक्षा कार्यक्रम

    दोलागिरि संवाददाता२०८२ भाद्र ३
    ४०५ पटक

    भक्तपुर ।
    मिड भ्याली एसएस/कलेज, भक्तपुरले सामुदायिक प्रहरी कटुँजे र ट्राफिक प्रहरी कार्यालय, चुन्देवी भक्तपुरको सहकार्यमा ट्राफिक सचेतना तथा सडक सुरक्षा कार्यक्रम आयोजना गरेको छ।

    विद्यार्थीलाई सडकमा सुरक्षित तरिकाले हिँड्ने अभ्यास गराउने, ट्राफिक संकेतको महत्व बुझाउने, लापरबाहीका सम्भावित परिणामबारे चेतना जगाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।

    कार्यक्रममा अन्तरक्रियात्मक सत्र तथा व्यवहारिक प्रदर्शनमार्फत विद्यार्थीलाई प्रत्यक्ष रुपमा सिकाइ दिइएको थियो। कलेजले यस किसिमका गतिविधिले विद्यार्थीमा जिम्मेवार सडक व्यवहार र सचेतनाको संस्कार विकास हुने अपेक्षा व्यक्त गरेको छ।

    मिड भ्याली एसएस/कलेजले सामुदायिक प्रहरी, कटुँजे र ट्राफिक प्रहरी कार्यालय, चुन्देवी भक्तपुरप्रति निरन्तर सहयोगका लागि आभार प्रकट गरेको छ।

     

    प्रतिकृया दिनुहोस्