News Portal

  • दोरम्बा हत्याकाण्डका दोषीलाई कारबाहीको माग

    दोलागिरि संवाददाता२०८२ साउन ३२
    १६६ पटक

    काठमाडौं, साउन ३१ । २३औं दोरम्बा स्मृति दिवसमा पीडित परिवार र नेताहरूले तत्कालीन शाही सेनाको मेजर राममणि पोखरेल नेतृत्वको टोलीलाई जेल हाल्न माग गरेका छन्। कार्यक्रममा नेकपा (विप्लव) का पोलिटब्युरो सदस्य माईला लामाले राज्यले जनयोद्धा अपराधीकरण गर्दै हत्यारा सैनिकलाई उन्मुक्ति दिएको भन्दै माओवादी एक हुनुपर्ने बताए। वरिष्ठ अधिवक्ता एकराज भण्डारीले “जनयुद्धमा संलग्नलाई मात्र दोषी देखाएर शान्ति प्रक्रियालाई भाँड्ने काम भएको” टिप्पणी गरे।

    जनपत्रकार संघ अध्यक्ष शेरबहादुर विश्वकर्माले निहत्था योद्धा मारिनु अक्षम्य भएको बताए भने सहिद सानोराम तामाङका छोरा लशकुशले “बाबुसहित २१ जनाको हत्या गर्ने जिम्मेवारलाई सजाय दिनैपर्छ” भने। नेकपा रामेछाप इन्चार्ज इन्द्र श्रेष्ठले “दोरम्बा वर्तमान व्यवस्थाको पहिलो ढोका” भएको बताए।

    स्मृति सभामा सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरियको थियो ।कार्यक्रममा  कवि केशब सिलवाल, राजबहादुर कुँवर, कुशल बोगटी , अग्नि राज पौडेल ,आरोह नेपाली, कर्ण दयाल, रमेश बिक्रान्तलगायतले कविता वाचन गरे थिए ।

    दोरम्बा घटना : २०६० साउन ३२ गते माओवादी र सरकारबीच वार्ता चलिरहेका बेला मेजर पोखरेल नेतृत्वको सेनाले रामेछापको दोरम्बामा २१ जना माओवादी नेता–कार्यकर्तालाई नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको थियो।

     

    प्रतिकृया दिनुहोस्