News Portal

  • भक्तपुर प्याब्सन गायन तारा सम्पन्न, मोर्डन इ. स्कुल प्रथम

    दोलागिरि संवाददाता२०८२ साउन २९
    १११ पटक

    भक्तपुर । प्याब्सन जिल्ला शाखा भक्तपुरको आयोजनामा सम्पन्न प्याब्सन गायन तारा कार्यक्रममा मोर्डन इ. स्कुलले प्रथम स्थान हासिल गर्न सफल भएको छ। प्रतियोगितामा साहारा राष्ट्रिय विद्यालयले दोस्रो र मेरिगोल्ड इ. बोर्डिङ स्कुलले तेस्रो स्थान प्राप्त गरे।

    त्यस्तै एभरेष्ट इ. स्कुल, विङ्स एकेडेमी, चाणक्य सेकेण्डरी स्कुल, प्रेसस इ. स्कुल र मित्रश्री पाठशालाले सान्त्वना स्थानमा आफ्नो स्थान बनाउन सफल भए।

    कार्यक्रमको समापन तथा पुरस्कार वितरण समारोह जिल्ला उपाध्यक्ष तथा संयोजक विजय कर्माचार्यको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय प्याब्सनका वरिष्ठ उपाध्यक्ष दीपिका रिमाल थापा, जिल्ला अध्यक्ष राजन कसपाल, केन्द्रीय कोषाध्यक्ष गणेशबाबु पोखरेल, केन्द्रीय उपमहासचिव भुवनलाल श्रेष्ठ, बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष सानुराना कार्की लगायतको उपस्थिति रहेको थियो।

    प्रतियोगिताको निर्णायक मण्डलमा सुपरिचित गायक लोचन भट्टराई, कोमल महर्जन र नारायण ओली रहनुभएको थियो। कार्यक्रमलाई चर्चित बाल कलाकार अशोक दर्जीले आफ्नो प्रस्तुति दिई झनै आकर्षक बनाएका थिए।

    सञ्चालन ECA उपसमितिका सदस्य राम निरौलाले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन सह–संयोजक कृष्ण कार्कीले गर्नुभएको थियो।

     

    प्रतिकृया दिनुहोस्