News Portal

  • भक्तपुरको गाइजात्रामा कुटपिट, प्रहरी छानबिनमा तीन पक्राउ

    दोलागिरि संवाददाता२०८२ साउन २९
    १२१ पटक

    भक्तपुर । भक्तपुरमा गाइजात्रा पर्वको अवसरमा भएको कुटपिटको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले छानबिन गरी तीन जनालाई पक्राउ गरेको छ। भक्तपुर जिल्ला प्रहरी परिसरले मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।

    साउन २५ गते भक्तपुर नगरपालिका–५, टौमडी स्क्वायरस्थित पाँचतले मन्दिर परिसरमा गाइजात्रा हेर्दा झैझगडा र कुटपिट भएको भिडियो फेसबुक र टिकटकमा व्यापक रूपमा फैलिएको थियो। भिडियो भाइरल भएपछि प्रहरीले तुरुन्तै अनुसन्धान थालेको थियो।

    पक्राउ पर्नेहरूमा ललितपुर कोन्ज्योसोम गाउँपालिका–१ स्थायी घर भएका र हाल भक्तपुर सूर्यविनायक–६ पाण्डुबजार बस्ने २२ वर्षीय महेश तामाङ, भक्तपुर–५ भेलुखेलका ३४ वर्षीय अमन देउला र भक्तपुर–५ साकोठाका ३४ वर्षीय राज कपाली रहेका छन्।

    प्रहरीका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले सामाजिक सञ्जालमा भाइरल भिडियोको आधारमा ती तीन जनाको पहिचान गरी पक्राउ गरिएको बताए।

    प्रतिकृया दिनुहोस्